१४, फागुन,०७७ महेन्द्र राई
उदयपुर/ चाैदण्डीगढी नगरपालिका वडा नं.-२ र ४ (बसाहा) को सिमानामा पर्ने लामाखोलामा करिब १ महिनादेखि पक्की पुलको काम हुँदै आइरहेको छ ।
सपना निर्माण सेवा प्रा. लि. हेटौंडा -२ ले निर्माण गरिरहेको उक्त पुलको लम्बाइ ८० मि. र चौडाइ ११ मि. रहने सपना निर्माण सेवाका प्रतिनिधि लवनाथ रिजालले जनाए ।
उनका अनुसार पुल दुई स्पानको हुनेछ । सोही कम्पनीले बसाहा वरपिपलको सुन्दरी खोलामा र बेल्टारपारी ज्यामिरे खोलामा पुल निर्माणको ठेक्का लिएको हो । तीन ओटै पुलको निर्माण कार्य तीन बर्षभित्र सम्पन्न हुने बताइएको छ ।
पब्लिश एडिट-मून साम्पाङ राई