आमा शब्द कति गहन छ २२ पटकसम्म गर्भवती भएकी ३९ बर्षिय राउटे महिलाको दु,ख लाग्दो कथा ब्यथा हेर्नुस्

नेपालको राउटे समुदाय जो अहिले पनि जंगलमा बसोबास गर्छ। पुर्खाले जंगलमा जीवनयापन गरेको भन्दै पराम्पराको निरन्तरतास्वरूप राउटेहरू जंगलमै बस्दै आएका छन्।फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदायका महिला जनसंख्याको आधाजस्तो संख्यामा छन्। उमेर पुगेका र विवाह भएका राउटे महिलाले बर्सेनि ग,र्भवती हुन्छन्।

तर बच्चा भने निकै न्यून मात्र बाँ,च्छन्।विशेषगरी मध्य तथा सुदूरपश्‍चिम क्षेत्रका जंगलमा बस्ने राउटे समुदायमा सानै उमेरमा विवाह हुन्छ। त्यसपछि कम उमेरमै बच्चा जन्माउन सुरु गर्छन्।

प्रायः हरेक वर्षजस्तो बच्चा जन्मिन्छन्। तर धेरैजसो अ,कालमै ज्या,न गु,माउँछन्।हरिबहादुर शाहीकी श्रीमती ढुसीकुमारी शाही (३९) २२ पटकसम्म गर्भवती भइसकिन्। तर उनको काखमा अहिले २ वटा मात्रै सन्तान छन्। ९ वर्षको उमेरमै बिहे गरेकी उनले सानै उमेरदेखि बच्चा जन्माउन थालिन्।राउटे समुदायका पुरुष परिवार नि,योजनका सा,धन प्रयोग गर्दैनन्।

गर्भवती भएपछि महिलाहरू सुरक्षित ग,र्भपतनगर्दैनन्। उनीहरुका लागि बच्चा जन्माउनु धर्म हो। त्यसैले सकुञ्जेल बच्चा जन्माइरहन्छन्। बच्चा जन्माउने क्रममै कति महिलाले अ,कालमै ज्या,न गु,माउछन् भने धेरै बच्चाहरू प्रकृतिसँग संघर्ष गर्न नसकेरै म,र्छन्।

बच्चा जन्माउन सकुञ्जेल जन्माइरहनु राउटे महिलाहरुको रहर नभइ बाध्यता हो। गर्भवती हुँदा उनीहरुले न कुनै स्याहार पाउँछन् न त पोषिलो खानेकुरा नै। जंगलमा अस्थायी रूपमा बनाइएको छाप्रोमा बस्ने भएकाले तातोको समेत व्यवस्था हुँदैन।

बा,लविवाह र अ,सुरक्षित सुत्केरी, उचित स्याहारको कमी तथा अत्यधिक चिसोका कारण राउटे महिलाको स्वास्थ्यमा न,कारात्मक अ,सर परेको छ। त्यसैकारण राउटे बस्तीमा जन्मिने बालबालिकाको बाल मृत्यु,दर समेत बढेको हो।सुत्केरी हुन नसकेर २०६६ मा कालु शाहीको मृ,त्यु भयो।

यस्तै २०७४ वैशाख ९ गते राउटे महामुखिया मैनबहादुर शाहीकी छोरी २५ वर्षीया डुग्री शाहीको पा,ठेघरको स,मस्या र नि,मोनियाका कारण मृ,त्यु भयो।दुई सन्तान ईश्वरको वरदान मानिन्छ। बढ्दो जनसंख्या, महङ्गी तथा स्वास्थ्यका कारण थोरै सन्तान जन्माएमा राम्रोसँग लालनपालन गर्न एवं शिक्षादीक्षा दिन सकिन्छ भन्ने मान्यता छ। तर राउटे महिलाहरू आफूले जन्माउन सक्दासम्म बच्चा जन्माइरहन्छन्।

त्यसैले जन्माउने र जन्मिनेकाे ज्या,नको टु,गो हुँदैनस्वास्थ्य संस्थामा सुरक्षित सुत्केरी गराउनका लागि प्रोत्साहनस्वरूप सरकारले केही वर्षदेखि स्वास्थ्य संस्थामा आएर सुत्केरी गराउने महिलाहरुलाई भत्ताको व्यवस्था गरेको छ। बच्चालाई समेत न्यानो लुगा दिने गरिन्छ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *