एक जनासँग ५ हजार रुपैयाँ असुलेर ७० हजार जनालाई नक्कली कोरोना भ्याक्सिन लगाइयो

पहिलो प्राथमिकतामा परेका वर्गलाई पहिले भ्याक्सिन दिने गरी कोरोनाभाइरसको भ्याक्सिन अभियान संचालन भइरहेको छ । नेपालसहित विश्वका अधिकांश देशहरुमा लगभग उस्तै प्राथमिकता क्रममा भ्याक्सिन दिने काम भइरहेको छ । तर, यही बीचमा नक्कली भ्याक्सिनबाट ठूलो रकम असुल्ने गिरोह पनि सक्रिय भएको पाइएको छ । दक्षिण अमेरिकी देश इक्वाडोरमा एक जनासँग ४५ डलर (५ हजार नेपाली रुपैयाँ) असुलेर ७० हजार जनालाई नक्कली कोरोना भ्याक्सिन लगाइएको खुलासा भएको छ ।

टाइम म्यागजिनको रिपोर्टअनुसार राजधानी क्विटोमा रहेको एक निजी क्लिनिकले कोरोना भ्याक्सिन लगाउने नाममा १ जनासँग प्रतिडोज १५ डलर असुलिरहेको थियो । कोरोनाबाट पूर्ण रुपमा सुरक्षित हुनको लागि मानिसहरुलाई तीन डोज भ्याक्सिन लगाउन भनिएको थियो र तीन डोजबापत प्रतिडोज १५ डलरका दरले ४५ डलर असुलिँदै थियो ।

सुरक्षा अधिकारीहरुका अनुसार फर्जी कोरोना भ्याक्सिन लगाउने क्लिनिकका कर्मचारीहरुले मानिसहरुलाई ३ डोज लिएपछि मात्रै कोरोना संक्रमणको खतराबाट पूर्ण रुपमा सुरक्षित हुन सकिने बताउँथे । अहिलेसम्म स्वास्थ्य अधिकारीहरुले भ्याक्सिनको नाममा दिइएको इन्जेक्सनमा कुन पदार्थको प्रयोग गरिएको थियो भन्ने पत्ता लगाइसकेका छैनन् । यसको लागि जाँच भइरहेको छ ।

रिपोर्टअनुसार अण्डरकभर एजेन्टले क्लिनिकको एक भिडियो रेकर्ड गरेका थिए । भिडियोमा क्लिनिक चलाउने महिला डाक्टर लुसिया पेनाफिल मास्क बिना देखिएकी छिन् र उनले क्लिनिकका स्टाफ कोरोनाबाट सुरक्षित भएको बताएकी छिन् । उनले भिडियोमा ७० हजार जनालाई भ्याक्सिन दिइसकिएको बताएकी छिन् । भिडियो प्राप्त भएपछि पुलिस र स्वास्थ्य अधिकारीहरुले क्लिनिकमा छापा मारेका थिए ।

यद्यपि छापाको कारवाहीपछि डाक्टर लुसियाले एक अखबारसँग कुरा गर्दै आफूले भ्याक्सिन लगाइदिएको नभइ बिरामीहरुलाई भिटामिन र सिरमको डोज दिइरहेको बताएकी छिन् ताकि ती बिरामीहरुको प्रतिरोधी क्षमता राम्रो हुन सकोस् । उनले आफूले कोरोना संक्रमित बिरामीको उपचार लेजर र इन्फ्रारेड लाइटबाट गर्ने पनि बताइन् । रिपोर्टका अनुसार नक्कली भ्याक्सिन लगाउनेहरु पुलिसकर्मी, सैनिक र राष्ट्रपति लेनिन मोरेनोका स्टाफ पनि थिए ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *