काठमाडौँ । नेपालमा आज एकै दिन थप ८२३ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् । यो सहित कोरोनालाई जित्नेको संख्या ४८ हजार ६१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार आज १ हजार ३५६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । आज १११५४ हजार पिसिआर परिक्षण गरिएकोमा जनामा १ हजार ३५६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या १८१४२ रहेको छ ।
आजको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए अनुसार आज देशभर संस्थागत आइसोलेशनमा ९१९३ जना रहेका छन् भने होम आइसोलेशनमा ८९४९ जना रहेको मन्त्रालयले जनाएको छ ।