काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आफ्नो समूहका प्रथम अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जसरी भएपनि आफुलाई प्रधानमन्त्री बनाईदिन मोदीसँग गु’हार मागेको स्रोतको दा’बी छ । प्रचण्डले नेपालको अहिलेको अवस्थाबारे भारतीय पक्षसँग गोप्य सल्लाह गरेको बुझिएको छ । उनको त्यहाँ महाराष्ट्रका गभर्नर तथा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका नजिक मानिने भगत सिंह कोसीयारीसँग गोप्य भेट गरेको स्रोतको दाबी छ।
प्रचण्डले एउटा अन्तरवार्तामा अहिलेको परिस्थितिमा नेपालमा राजनीतिक हस्तक्षेप गर्नका निम्ति भारतलाई आह्वान गरेको केही दिनमा नै उनको नयाँ दिल्ली हुँदै मुम्बईसम्मको यात्रा भयो, पत्नी सीता दाहालको उपचारको क्रममा। यो उपचारको लागि मात्र यात्रा हुन नसक्नेतर्फ संकेत गर्दै उपप्रधानमन्त्री ईश्वर पोखरेलले लेखेका थिए,‘प्रचण्डले पत्नी सीताको उपचारमा मात्रै ध्यान दिउन्।’ अर्थात् प्रचण्डको राजनीतिक भेट हुन सक्ने सुइँको पोखरेलले पाएका थिए।
प्रधानमन्त्री केपी शर्मा ओलीले पनि आफ्ना पछिल्ला धारणामा सरकार अप्ठेरोमा पार्नका लागि चुच्चे नक्शादेखि जमिन फिर्ता ल्याउने मु’द्दा आफूले उठाएको कारण देखाउँदै, प्रचण्डलगायतको घेराबन्दीलाई उल्लेख गर्दै आएका छन्। के प्रचण्डले भारतलाई राजनीतिक हस्तक्षेपका लागि निम्तो दिएका छन् त? उनको राजनीतिक पृष्ठभूमी र शान्ति प्रक्रियाको मुख्य विन्दु १२ बुँदे सम्झौतालाई हेर्दा भारत परिचालित रहेको स्पष्ट देखिन सक्ने कतिपयको भनाई छ।
पूर्वमाओवादी नेता तर अहिले ओली पक्षमा उभिएका मणि थापाले त आफ्नो मतमा सहमत नहुनेलाई प्रचण्डले जसरी पनि सिध्याउने गरेको आरोप लगाउँदै आएका छन्। यहि क्रममा उनले त्यसबेला डा. बाबुराम भट्टराईलाई पुर्नका लागि खाल्डो खनेको तर आफूहरूले रोकेको पनि बताइसकेका छन्। के, प्रचण्डले ओलीको राजनीतिक जीवन र अभ्यास समाप्त पार्ने रणनीति बनाउँदैछन्? यो विषयमा स्पष्ट खुलासा भने भइसकेको छैन।प्रचण्डले नेपालको अहिलेको अवस्थाबारे भारतीय पक्षसँग गोप्य सल्लाह गर्ने भएका छन्। प्रतिनिधि सभा वि’घटनपछि उत्पन्न भएको मुलुकको अवस्थामा भारतीय पक्षको हस्तक्षेपकारी भूमिका हुनुपर्नेमा जोड दिएका उनले ओलीको अहिलेको कमदलाई सच्याउनका लागि दबाब दिन भन्नेछन्। पत्नी सीताको उपचारमा छोरीहरूलाई खटाएर उनी राजनीतिक लविङका लागि सक्रिय हुने बताइन्छ।
उनको त्यहाँ महाराष्ट्रका गभर्नर तथा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका नजिक मानिने भगत सिंह कोसीयारीसँग भेट हुन सक्ने आँकलन गरिएको छ। कोसीयारी नेपाल मामिलाका जानकार पनि मानिन्छन्। गभर्नर हुनुअघि भारतीय जनता पार्टीका उपाध्यक्ष रहेका कोसीयारीसँग प्रचण्डको बेलामौका कुराकानी हुने गरेको थियो भने सम्बन्ध पनि बलियो रहेको छ। कतिपयले भने भारतीय जनता पार्टीका प्रदेशस्तरका नेतासँग पनि उनको भेट हुने अनुमान गरेका छन्। यो समाचार हाम्रो इकोनोमिबाट साभार गरिएको हो ।
यो पनि
काठमाडौं। नेपाल पुरुषप्रधान देश हो । अहिले पनि पुरुषले घरबाहिर र महिलाले चुलोचौकाको काम गर्नुपर्छ भन्ने मान्यता कायमै छ । कतिपय महिला जीवनमा नयाँ गर्ने चाहना हुँदाहुँदै पनि सामाजिक संस्कारका कारण खुलेर बाहिर आउन सकिरहेका छैनन् । तर, पछिल्लो दशक हरेक क्षेत्रमा महिलाको पहुँच बढ्दो छ । यसका लागि राज्यले पनि विभिन्न आरक्षणको व्यवस्थासमेत गरेको छ । अहिलेको सामाजिक परिवेशमा अगाडि बढ्नका लागि महिलामा के चाहिन्छ त ? मेगा बैंककी असिस्टेन्ट डेपुटी सिइओ रविना देशराज श्रेष्ठलाई नयाँ पत्रिकाका विश्वास खड्काथोकीले सोधेका छन् :
महिला बोल्ड र सफल हुनका लागि पहिलो कुरा आफ्नो क्षमता बुझ्न जरुरी हुन्छ । पढेको वा नपढेको जस्तोसुकै महिला किन नहोस्, आफ्नो क्षमताको पहिचान गरी सम्बन्धित क्षेत्रमा लाग्नुपर्छ । जसले जस्तोसुकै काम रोजे पनि ऊभित्र उत्साह हुन जरुरी छ । सँगसँगै बलियो विलपावर पनि चाहिन्छ । त्यही विलपावरले नै महिलाको लक्ष्य निर्धारण गर्छ । विलनेसले नै लक्ष्यसम्म पुग्नका लागि भूमिका खेल्छ।
-कतिपय महिला अनएजुकेटेड छु भन्दैमा अगाडि बढ्न हतोत्साहित भएका हुन्छन् । र, कतिपय मान्छे मास्टर्स गरेर पनि केही नगरी बसेका छन् । महिलाले सोच्न के पर्छ भने हामीले केचाहिँ छोडेर जाने ? के योगदान गर्ने ?
-नेपाली समाजमा महिलाको गतिविधिलाई निर्धारण गरिएको छ । संस्कारले बाँधेको छ, कुनै बन्द भाँडामा राखेको सामग्रीजस्तो । तर, कोही महिला अगाडि बढ्न चाहन्छ र कुनै क्षेत्रमा केही योगदान गर्न खोजिरहेको छ भने ऊसँग कन्भिन्सिङ पावर चाहिन्छ । कुनै महिलाले घरका दिवार फोड्नुपर्छ, झगडा गर्नुपर्छ भन्ने होइन । घरका मानिसलाई पनि कन्भिन्स गरेर आफ्नो लक्ष्यप्राप्तिका लागि अगाडि बढ्नुपर्दछ। -मानिसले महिलालाई ठाउँ दिने विषयमा सबैभन्दा पहिला पाइन्ट र फ्रकभन्दा पनि उसको क्षमता हेर्नुपर्दछ । महिलालाई अहिले पनि विभिन्न कुरामा डोमिनेट गरिएको हुन्छ । त्यो विषयमा ध्यान नदिएर आफ्नो क्षमताप्रति पूर्ण विश्वास हुन जरुरी हुन्छ।
-अगाडि बढ्न खोज्ने महिलालाई विभिन्न आरोप पनि आउँछन् । नैतिकतामाथि प्रश्न खडा गरेर डिमोरलाइज गर्न खोजिन्छ । यस्तो अवस्थामा पनि महिलाहरू सम्हालिएर अगाडि बढ्नुपर्दछ।
अगाडि बढ्न खोज्ने महिलामा बौद्धिक सुन्दरताको पनि जरुरी हुन्छ।
-महिलामा आर्थिक स्वतन्त्रता हुँदैन । यो निकै दुखद पक्ष हो । यतिसम्म कि उसमा आम्दानी गर्ने र खर्च गर्ने स्वतन्त्रता पनि हुँदैन । अगाडि बढ्ने महिलामा आर्थिक स्वतन्त्रता चाहिन्छ।
-कतिपय महिला केही गर्ने चाहना हुँदाहुँदै पनि घरबाट बाहिर निस्कन सकिरहेका हुँदैनन् । त्यसैले उनीहरूले कम्तीमा स्वतन्त्र रूपमा गाँस, वास र कपासको व्यवस्था गरेर लक्ष्यप्राप्तिको लागि दोडनुपर्दछ।
-महिला सफल हुनका लागि पुरुषको पनि हात चाहिन्छ । जसरी धेरै पुरुषको सफलतापछाडि महिलाको देन छ।
-महिला म्यानेजमेन्टमा निकै सिपालु हुन्छन् । यो उनीहरूको जन्मजात क्षमता हो । पैसाको व्यवस्थापन र घरपरिवारको व्यवस्थापनमा महिलाको सधैँ दख्खल हुन्छ । महिलाले अरूको दिमागलाई बुझेर दिमाग मात्र होइन, हात पनि चलाउन सक्छन् । यो महिलाको सबैभन्दा ठूलो स्ट्रेन्थ हो।
-महिलाको कमजोरी भनेको प्रोपर्टीमा उसको हक र स्वतन्त्रता हुँदैन । त्यसैले महिलाले मात्र होइन, सफल बन्नका लागि हरेक नेपालीले आफ्नो अधिकारबारे राम्रोसँग थाहा पाउनुपर्दछ।