काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी अ’नौपचारीक रुपमा विभाजन भएको समयमा नेकपाका उपाध्यक्ष वामदेव गौतमले भने दुवै समुहलाई छुट्टै सरप्राइज दिने भएका छन्।
अहिले सम्म कुनै समुहको समर्थनमा नलागेका गौतम अहिले भैसेपाटीमा बसेर छुट्टै अभियानमा लागेका छन् । उनले दुवै समुहले पार्टी विभाजनलाई बल पुग्ने गतिविधि गरेको भन्दै तटस्थ बसेका छन् ।
तर अर्को साता उनले आफ्नो योजना सार्वजनिक गर्ने भएका छन् । त्यसका लागि देशभरीवाट १५०१ जनाको नाम लिष्ट तयार पारेका छन् । उनले तटस्थ नेता कार्यकर्ताको समुह बनाएर पार्टी एकताको अभियान चलाउने भएका छन् । आफ्नो समुहमा उनले तटस्थ नेता कार्याकर्ताको खोजी थालेका हुन् । देशभरी त्यस्ता ब्यक्तिको खोजेर लिष्ट तयार पार्ने काममा उनी लागेको बताइएको छ ।
गौतम निकट स्रोतका अनुसार अहिले १५०१ जनाको एकता अभियान गठनको लागि यतिबेला बामदेव ब्यस्त छन् । यद्धपी उनलाई आफ्नो समुहमा ल्याउन दुवै पक्षले प्रयास जारी राखेका छन् । भैसेपाटीमै पुगेर दुवै पक्षका नेताहरुले परामर्श गर्दै आएका छन् ।
उनले दुवै पक्षलाई आफु कुनै समुहमा नलाग्ने बताउँदै आएका छन् । गौतमको निर्देशन अनुसार देशभर तटस्थहरुको पहिचान गरी नाम संकलन गर्दै एकता अभियानमा नाम राख्न शुरु भएको छ ।गौतमले अर्को हप्ता १५०१ को एकता अभियानको घो’षणा गर्दैछन् । उनी नि’कटस्थका अनुसार अभियानमा तटस्थ रहेकाहरुको उल्लेख्य संख्या हुनेछ ।
यतिबेला गौतमलाई प्रधानमन्त्री ओलीले उपप्रधानमन्त्रीसहित आकर्षक मन्त्रालय र सहअध्यक्षको प्रस्ताव गरेका भए पनि उनले त्यो प्रस्ताव अस्विकार गरेका छन् । पुष्पकमल दाहाल प्रचण्डले पनि आफ्नो समूहमा महत्वपूर्ण स्थान दिने प्रस्ताव गरेका थिए । तर, गौतमले स्वीकार गरेनन् ।
यो पनि पढ्नुहोस
हिन्दूधर्मअनुसार मंगलबार विशेष गरी गणेश भगवानको पूजाआराधना गरिन्छ । सबै किसिमको दुःख निवारणका लागि भगवान श्रीगणेशको पूजा गरिन्छ । त्यसोत कुनै पनि शुभ कार्य गर्दा सबैभन्दा पहिलो गणेशको पूजा गर्ने गरिन्छ । मंगलाचरणको शुरुमै ॐ श्री गणेशाय नमः मन्त्रोच्चारणबाट नै कामको थालनी गरिएको हुन्छ । श्रीगणेशको नाम मात्र लिनाले पनि मानिसहरुको मनोकांक्षा पूरा हुने विश्वास गरिन्छ । ११ प्रकारका गणेश भगवानका स्वरुपमध्ये कुनै एकको विधिपूर्वक पूजा गर्नाले घरमा सुख, शान्ति र ऐश्वर्य प्राप्ति हुने धार्मिक विश्वास छ ।
सेतो गणेशः
भगवान गणेशका विभिन्न स्वरुप मध्ये तपाईले सेतो गणेशको प्रतिमा देख्नुभएको होला । मठ मन्दिरमा समेत गणेश भगवानको सेतो प्रतिमा हुन्छन् । बजारमा पनि सेतो गणेशको मूर्ति किन्न पाइन्छ । यीनलाई ‘श्वेतार्क गणपति’ पनि भनिन्छ । ‘श्वेतार्क गणपति’को प्रतिमा घरमा स्थापित गर्नाले घरका सवै सदस्यहरुको दःख निवारण हुने धार्मिक विश्वास छ ।
मुगा जडित गणेशः
मुगा सिंदूर रंगको एक रत्न हो । यसबाट निर्माण गरिएको गणेशको मूर्तिलाई पूजास्थानमा स्थापित गरी नित्य पूजा गर्नाले शत्रुको नास हुने भक्तहरुको मनोकामना पूरा हुने विश्वास गरिन्छ ।
पन्ना जडित गणेशः
पन्ना पनि एक हरिणे रङको रत्न हो । यसबाट बनेको गणेशको प्रतिमा पूजास्थानमा स्थापना गरी विधिपूर्वक पूजा गर्नाले सत्बुद्धि प्राप्ति हुनुका साथै सुख शान्ति र धन प्राप्ति हुने विश्वास गरिन्छ ।
चाँदीको गणेश
जसले धनको इच्छा राख्छ । उसले चाँदीद्वारा निर्माण गरिएको गणेको प्रतिमालाई पूजा गर्नुपर्ने जनाइन्छ । यस्तो प्रकारको प्रतिमा पूजास्थानमा स्थापित गरी पूजा गर्नाले धन-सम्पत्ति प्राप्ति हुने घरमा सुख शान्ति हुने विश्वास गरिन्छ ।
चन्दनद्वारा निर्मित गणेश
पूजामा प्रयोग हुने चन्दन (एक प्रकारको काठ)बाट निर्माण गरिएको भगवान गणेशको प्रतिमा घरमा राखेर पूजा गर्नाले कुनै पनि प्रकारका विपतबाट बच्न सकिने धार्मिक विश्वास छ । यस प्रकोको गणेशको पूजा गर्नाले पारिवारमा सखु–शान्ति छाउने विश्वास गरिन्छ ।
पारद गणेशः
धन-सम्पत्ति प्राप्तिका लागि पारद अर्थात पारोबाट बनेको गणेको प्रतिमा पूजास्थानमा राख्नु उपयुक्त मानिन्छ । यस प्रकारको प्रतिमा घरमा राखेर पूजा गर्नाले तन्त्रको प्रभाव नपर्ने बताइन्छ ।
बाँसुरी बजाउँदै गरेको गणेशः
घरमा झैझगडा तथा विवाद हुन्छ भने बाँसुरी बजाउँदै गरेको गणेशको प्रतिमा राखी पूजा गर्नु उत्तम मानिन्छ । बाँसुरी बजाउँदै गरेको गणेशको प्रतिमा पूजा स्थानमा राखेर विधिपूर्वक पूजा गर्नाले सुख, शान्ति र ऐश्वर्य प्राप्ति हुने विश्वास गरिन्छ ।
हरियो रंगको गणेशः
हरियो रंगको श्रीगणेशको पूजा गर्नाले ज्ञान र बुद्धि प्राप्ति हुने विश्वास गरिन्छ । यस्तो प्रकारको गणेश घरमा राखेर विद्यार्थीहरुले नित्य पूजा गर्नु उत्तम मानिन्छ ।
हात्तीमा विराजमा गणेश
यदी कोही धन प्राप्तिको इच्छा राख्दछन् भने हात्तीमा बिराजमान भएको भगवान गणेशको प्रतिमा पूजा कोठामा स्थापना गरी विधिपूर्वक नित्य पूजा गर्नुपर्छ । हात्तीमा विराजमान श्रीगणेशको पूजा गर्नाले पैसा, इज्जत र स्वामिमान वृद्धि हुने धार्मिक विश्वास छ ।
नाच्दै गरेको गणेशः
नाच्दै गरेको भगवान गणेशको प्रतिमा पूजाकोठामा स्थापित गरी पूजा गर्नाले मनमा शान्ति मिल्ने तथा तनावबाट मुक्त भइने धार्मिक विश्वास छ । मनको शान्ति र एकाग्र बन्नको लागि नाच्दै गरेको गणेशको मूर्ति पूजा स्थानमा राख्नु उत्तम मानिन्छ ।
पञ्चमुखी गणेशः
तान्त्रिक क्रिया सिद्दिका लागि पञ्चमुखी गणेश भगवानको पूजा गर्नु उत्तम मानिन्छ । पञ्चमुखी श्रीगणेशको पूजा गर्नाले कुनै पनि तान्त्रिक क्रियामा कुनै पनि बाधा–अडचन नआउने धार्मिक विश्वास छ ।
राती मोबाईल प्रयोग गर्दा हुने हानीहरु छोटकरीमा
तौल बढ्ने
सुत्ने बेलामा मोबाईल फोन प्रयोग गर्नाले मेटाबलिज्म प्रोसेसमा असर पर्छ । जसले गर्दा हाम्रो तौल बढ्छ ।
समस्या समाधानमा कठीन
सुत्ने बेलामा मोबाईल प्रयोग गर्नाले हामी त थाक्छौ नै यसका साथै हाम्रो ब्रेन पनि थाक्ने गर्छ । जसका कारण कुनै पनि समस्याको सजिलै समाधान निकाल्न सकिदैन । हामीमा सोच्ने शक्तिको कमी हुन्छ ।
दिमागलाई असर
सुत्ने बेला मोबाईल फोनको प्रयोग गर्नाले दिमागलाई धेरै सोच्नु पर्ने हुन्छ । जसका कारण मेमोरी लसको समस्या पनि उत्पन्न हुन सक्छ ।
आँखामा प्रेशर
अंधेरोमा मोबाईल प्रयोग गर्नाले आँखामा धेरै प्रेशर पर्छ । जसले गर्दा आँखा रातो र कमजोर हुने समस्या हुन सक्छ । यसले आँखाको समस्या बढ्ने गर्छ ।
निन्द्रामा समस्या
यदि तपाँई मोबाईल छेउमा राखेर सुत्नुहुन्छ भनेपनि तपाईको लागी खतरा पनि छेउमै हुन सक्छ । मोबाईल छेउमा राख्दा नोटीफिकेशन अन अफ ,र भाईब्रेशनका कारण निन्द्रा गडबड हुन्छ । निन्द्रा पुरा भएन भने हामीलाई काम गर्न कठीन पर्छ ।
ध्यान दिन नसक्नु
मोबाईलको प्रयोग रातीमा गर्नाले फोकसमा समस्या हुन्छ । यसले हामीमा ध्यान दिने र सुन्ने समस्या उत्पन्न हुन्छ । डिप्रेसन यदि तपाई मोबाइल चलाईरहनु हुन्छ भने तपाईलाई डिप्रेसन भएको हुनसक्छ ।