सुप्तिहाङ्को सभापतित्वमा ३५ सदस्यीय तरुण दल वडा समिति चयन

महेन्द्र राई

उदयपुर ४,असोज,०७७
उदयपुर/ चाैदण्डीगढी नगरपालिका वडा नं.-४ मा हिजो नवीन सुप्तिहाङ राईको सभापतित्वमा ३५ सदस्यीय तरुण दल वडा समिति चयन भएको छ ।
स्रोतका अनुसार नेका क्षेत्रीय सभापति भोजराज खतिवडा, नगर प्रमुख खगेन्द्र राई,नेका नगर समिति अध्यक्ष राजेन्द्र पौडेल , विभिन्न तहका पार्टी कार्यकर्ता लगायत तरुण दल युवाहरुको उपस्थितिमा उक्त समिति चयन भएको हो ।
साथै सो अवसरमा १९ जना स्थानीयले अन्य दल परित्याग गरी नेपाली काँग्रेस पार्टीमा प्रबेश गरेको समेत भर्खरै चयन हुनुभएका तरुण दल वडा सभापति सुप्तिहाङ राईले जानकारी दिनुभएको छ ।

साभार के छ चौदण्डी बाट

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *