किन दिइन्छ नरिवल बलि ? यस्तो छ धार्मिक महत्व, हेर्नुहोस

कुनै शुभ कार्य एवम धार्मिक अनुष्ठानमा नरिवलको प्रयोगलाई महत्वपुर्ण मान्ने गरिन्छ । नरिवल श्रीफल भएकाले यसको प्रयोगले लक्ष्मी माताको कृपा रहने बिश्वास गरिन्छ । नरिवलको प्रयोग बिना कुनै पनि शुभ कार्य अधुरो रहने धार्मिक शास्त्रमा उल्लेख छ ।

तर कुनै पनि शुभ कार्यमा नरिवलको प्रयोग किन गरिन्छ ? यसको पछाडिको कारण र महत्व के छ त यसका बारेमा आज हामी बिस्तृत रुपमा बताउन जादैछौं, आउनुहोस
शुभ कार्यमा किन महत्वपुर्ण छ नरिवल ?

नरिवलको पानीलाई हिन्दु धर्ममा अति नै पवित्र मानिन्छ । ज्योतिषशास्त्रका अनुसार नरिवलभित्र भएको सफा पानीले चन्द्रमाको प्रतिनिधित्व गर्छ । चन्द्रमालाई मन सफा राख्ने कारक मानिन्छ, कुनै धार्मिक कार्य या अनुष्ठान शुद्ध र शान्त मनले गरेको खण्डमा कार्य पुरा हुने र भगवानको कृपा रहने मान्यताका साथ शुभ कार्यमा नरिवलको प्रयोग गर्न थालिएको हो ।

नरिवलमा हुने त्रिबिन्दुलाई त्रिदेवको प्रतिक मानिन्छ । विशेषगरी बजारमा त्रीबिन्दु भएको नरिवल प्रसस्त पाइन्छ यद्धपि धार्मिक अनुष्ठानमा भने एक बिन्दु वाला नरिवललाई शुभ मानिन्छ । एकाक्षी नरिवलमा माता लक्ष्मी साक्षत विराजित हुने भएकाले यस्तो नरिवल राख्नाले घरमा सुख समृद्धि छाउने धार्मिक मान्यता रहेको छ ।

घरमा नरिवल राख्नाले नकारात्मक उर्जा हट्ने र वास्तु दोषबाट पनि मुक्ति पाइन्छ । हिन्दु धर्ममा नरिवललाई सुख, समृद्धि, धन र सम्मानको सूचक मानिन्छ । नरिवल फोरेपश्चात प्रसादस्वरूप ग्रहण गर्नाले लक्ष्मी र त्रिदेवको असिम कृपा मिल्ने धार्मिक बिश्वास रहेको छ । यिनै विविध कारणले मांगलिक कार्यमा नरिवलको ठुलो महत्व रहेको छ ।

किन दिइन्छ नरिवलको बलि ?

कुनै शुभ कार्य होस् या मांगलिक हवन, अनुष्ठान हरेक कार्यमा नरिवल फोर्ने / बलि दिने प्रचलन रहेको छ । नरिवलको बाहिरआवरणलाई घमण्ड र भित्रि भागलाई पवित्रता र शान्तिको प्रतिक मानिन्छ । यसैले गर्दा भगवानको अगाडी नरिवल फोर्ने प्रथा रहेको छ। नरिवल फोर्नु भनेको आफुभित्र रहेको अहंकार तोड्नु हो यसले मनलाई स्थिर राख्ने र जीवनमा सफल हुने बाटो देखाऊछ ।

नरिवल फोर्ने परम्परा एक सामाजिक कुप्रथाबाट बिकसित प्रथा हो । नरबलि या पशु बलि रोक्ने उदेश्यले नरिवल फोर्ने प्रचलन अघि सारिएको हो । नरिवल बलि महिलाले भन्दा पनि पुरुषले दिएमा शुभ हुने धार्मिक मान्यता रहेको छ ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *