दु:खद ख:बर १५ दिनपछि घर आउने तयारीमा रहेका एक नेपाली मलेसियामै अस्ताए !

काठमाडौँ । रोजगारीको शिलशिलामा मलेसियामा रहेका एक ३५ वर्षीय नेपालीको ज्यान गएको छ । बागलुङको बरेङ गाउपालिका–७ हुग्दीशिरका स्थानीय चन्द्र बहादुर बिकको मलेसियाको क्वालालमपुरमा निधन भएको हो । रोजगारीको शिलशिलामा बिगत ५ वर्षदेखि फेसटिभ

क्यालिबेरेशन एट ट्रेडर्स होटल क्वालालाम्पुर मलेसियामा कार्यरत रहेका बिक ५ बर्षे मलेसिया बसाईलाई बिट मार्दे १५ दिन पछि घर आउने निधो गरेका थिए। तर उनको घर आउने सोच केबल काँचको चुरा जस्तै चकनाचुर बनेको छ।

न उनको घर आउने सपना पूरा भयो नत ती श्रीमती बालबच्चाले जिँउदो शरीर देख्न पाए। दुर्भाग्यपुर्ण उनको परिवार माथि यति ठुलो बज्रपात परेको छ । मृतक बिकका श्रीमती २ छोरी र २ छोरा छन् ।

बेहोस भएपछि तत्काल अस्पताल लगि चेकजाच गर्दा टाउकोमा पानी जमेको र बिहोस अबस्थामै अप्रेसन गर्ने क्रममा उनको मृत्यु भएको मृतकका आफन्त दुर्गा बिरहीले जानकारी दिए । मृतक बिक मलेसियाबाट नेपाल आएपछि पुनः रोजगारीका लागि दुबई जाने सोचमा थिए ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *