अन्ततः माधव नेपाल समुह ओली संग झुक्यो, दिने भए ओलीलाई साथ

काठमाडौं । प्रदेश १ र बागमती प्रदेश सरकारविरुद्धको अविश्वास प्रस्ताव फिर्ता हुने भएको छ । नेकपा एमाले माधव पक्षको हालै बसेको स्थायी समिति बैठकले प्रदेश १ र बागमती प्रदेश सरकारविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव फिर्ता लिने निर्णय गरेको हो ।

सो समूहका शीर्ष नेताबीचको छलफलले प्रदेश १ का मुख्यमन्त्री शेरधन राई र बागमतीका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्धको अविश्वास प्रस्ताव लिने निर्णय गरेको हो ।

प्रदेश १ का मुख्यमन्त्री राईविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमा नेकपा माओवादी केन्द्रका नेताको हस्ताक्षर भएकाले समर्थकको हस्ताक्षर फिर्ता लिने र बागमती प्रदेशमा दर्ता भएको प्रस्ताव नै फिर्ता लिने निर्णय भएको सो पक्षले जनाएको छ ।

माधव पक्षले अविश्वास फिर्ता लिने निर्णय गरेसँगै प्रदेश १ र बागमती प्रदेश सरकार सुरक्षित बनेको छ । अविश्वास प्रस्ताव फिर्ता यही साता लिने निर्णय भएको बताइएको छ ।

यससँगै उनीहरुको पद तत्कालका लागि जोगिने देखिएको छ । प्रदेश १ मा पुस १२ र बागमती प्रदेशमा पुस १० दश गते एमालेको माधव पक्ष र माओवादी केन्द्रका सांसदहरु मिलेर अविश्वास प्रस्ताव दर्ता गरेका थिए । एमालेमा मुख्यमन्त्री राई र पौडेल प्रधानमन्त्री केपी ओली पक्ष भनेर चिनिन्छन् ।

यसै क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश सरकार र स्थानीय तहले केन्द्र सरकारले जस्तै सबै कुरा गर्न खोज्न नहुने बताएका छन्।

बुधबार नेपाल नगरपालिका संघको २८ औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रदेश सरकार र स्थानीय तहले सरकार भनेपछि केन्द्र सरकार जस्तै हो भन्ने भ्रम पनि राख्न नहुने बताए।

उनले कतिपय कुराहरु पालिकाहरुमा एकरुपताका साथ गर्नुपर्ने बताए। पालिकाहरुबीच भिन्नता नआइ समान ढंगले काम हुनुपर्ने प्रधानमन्त्री ओलीको भनाई छ।

प्रधानमन्त्री ओलीले स्थानीय तहहरुलाई अधिकार दिन नहिच्किचाएको पनि स्पष्ट पारे। स्थानीय तहले आफ्नो क्षमतालाई बढाउनुपर्नेमा पनि प्रधानमन्त्री ओलीले जोड दिए।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *